नेप्से परिसूचक ८.४८ अंकले घट्यो, ५ अर्बको कारोबार
मकालु खबर
२०७८ असार २० गते
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ८.४८ अंकले घटेको छ । यो दिन परिसूचक २८३४.५१ बिन्दुमा समेटिएको छ । कारोबार रकमसमेत यो दिन घटेको छ । यस दिन १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँमा कारोबार भएको छ ।
कारोबार भएका कम्पनी मध्ये १५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६० ओटा कम्पनीको मूल्य बढेको छ ।
होटल तथा पर्यटन, म्यूचुअल फण्ड समूहका कम्पनीको परिसूचक बढेका छन् ।
यो दिनको ओरियन्टल होटल, सीईडीबत्री हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लगायतका कम्पनीले बढी कमाएका छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर कम्पनी छन् ।
मकालु खबर
२०७८ असार २० गते
प्रतिक्रिया
सम्बन्धित