सुदूरपश्चिममा प्रदेश प्रहरी गठन प्रक्रिया शुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठन भएको साढे तीन वर्षपछि प्रदेश प्रहरी गठन प्रक्रिया शुरु भएको छ ।

बुधबारको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरिन् ।

प्रदेश सभामा विधेयक टेबल भएसँगै प्रदेशमा प्रदेश प्रहरी गठन सम्बन्धी प्रक्रिया अघि बढेको मन्त्री जोशीले बताइन् । नेपालको संविधान २०७२ को अनुसूची ६ ले व्यवस्था गरेअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने काम सुरु गरेको हो । यसअघि संघीय प्रहरी ऐन जारी नहुँदा प्रदेश प्रहरी गठन प्रक्रियामा ढिलाइ भएको थियो ।

प्रदेशमा विपद् व्यवस्थापन, द्वन्द्व व्यवस्थापन तथा प्रदेश भित्र शान्ति सुरक्षाको लागि प्रदेश प्रहरी आवश्यक रहेको उनले प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाइएको बताइन् ।

प्रदेश प्रहरी गठन भएपछि प्रदेश भित्र शान्ति सुरक्षाको लागि प्रदेश सरकार र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्वयम् परिचालन गर्न पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *