कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
२०७८ असार २४ गते
सिन्ह्वा । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेको छ ।
विश्वभर कोरोनाविरुद्धको तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेको छ ।
देश र सङ्क्रमितको संख्या कूल मृत्यु
- संयुक्त राज्य – अमेरिका तीन करोड ३७ लाख ७० हजार ४४४ छ लाख ६ हजार २१८
- भारत – तीन करोड ६ लाख ६३ हजार ६६५ चार लाख ४ हजार २११
- ब्राजिल – एक करोड ८९ लाख ९ हजार ३७ पाँच लाख २८ हजार ५४०
- फ्रान्स – ५८ लाख ५६ हजार ६८२ एक लाख ११ हजार ४४८
- रुस – ५६ लाख १४ हजार ५४० एक लाख ३७ हजार ७१८
- टर्की – ५४ लाख ५९ हजार ९२३ ५० हजार ४८
- बेलायत – ५० लाख ७ हजार ९६४ एक लाख २८ हजार ५६५
- अर्जेन्टिना – ४५ लाख ९३ हजार ७६३ ९७ हजार ४३९
- कोलोम्बिया – ४४ लाख २६ हजार ८११ एक लाख १० हजार ५७८
- इटाली – ४२ लाख ६५ हजार ७१४ एक लाख २७ हजार ७१८
- स्पेन – ३८ लाख ९७ हजार ९९६ ८० हजार ९६९
- जर्मनी – ३७ लाख ४० हजार ५६७ ९१ हजार १४८
- इरान – ३३ लाख ४ हजार १३५ ८५ हजार २६१
- पोल्याण्ड – २८ लाख ८० हजार ५०३ ७५ हजार ११४
- मेक्सिको – २५ लाख ५८ हजार ३६९ दुई लाख ३४ हजार १९२
- इन्डोनेसिया – २३ लाख ७९ हजार ३९७ ६२ हजार ९०८
- युक्रेन – २३ लाख ७ हजार ६८ ५४ हजार ८६०
- दक्षिण अफ्रिका – २१ लाख १२ हजार ३३६ ६३ हजार ३९
- पेरु – २० लाख ७१ हजार ६३७ एक लाख ९३ हजार ७४३
- नेदरल्यान्ड – १७ लाख २४ हजार २६२ १८ हजार ४४
२०७८ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित