कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

सिन्ह्वा । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख १० हजार ६५२ जनाको मृत्यु भएको छ ।

विश्वभरी कुल सङ्क्रमितको संख्या १८ करोड ५५ लाख ६४ हजार ६ जना रहेको छ । विश्वभर कोरोनाविरुद्धको तीन अर्ब ३५ करोड ५९ लाख ८७ हजार ११३ डोज खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कुल मृत्यु:

  • संयुक्त राज्य अमेरिका – तीन करोड ३७ लाख ९० हजार ५०५ छ लाख ६ हजार ४७५
  • भारत – तीन करोड ७ लाख ५२ हजार ९५० चार लाख ५ हजार ९३९
  • ब्राजिल – एक करोड ८९ लाख ६२ हजार ७६२ पाँच लाख ३० हजार १७९
  • फ्रान्स – ५८ लाख ६१ हजार १३८ एक लाख ११ हजार ४७३
  • रुस – ५६ लाख ३८ हजार ९०१ एक लाख ३८ हजार ४४१
  • टर्की – ५४ लाख ६५ हजार ९४ ५० हजार ९६
  • बेलायत – ५० लाख ४० हजार ६० एक लाख २८ हजार ६०१
  • अर्जेन्टिना – ४६ लाख १३ हजार १९ ९७ हजार ९०४
  • कोलोम्बिया – ४४ लाख ५० हजार ८६ एक लाख ११ हजार १५५
  • इटाली – ४२ लाख ६७ हजार १०५ एक लाख २७ हजार ७३१
  • स्पेन – ३९ लाख १५ हजार ३१३ ८० हजार ९९७
  • जर्मनी – ३७ लाख ४१ हजार ४७० ९१ हजार १९७
  • इरान – ३३ लाख २७ हजार ५२६ ८५ हजार ३९७
  • पोल्याण्ड – २८ लाख ८० हजार ५९६ ७५ हजार १३५
  • मेक्सिको – २५ लाख ६७ हजार ८२१ दुई लाख ३४ हजार ४५८
  • इन्डोनेसिया – २४ लाख १७ हजार ७८८ ६३ हजार ७६०
  • युक्रेन – २३ लाख ८ हजार ७९७ ५४ हजार ९०६
  • दक्षिण अफ्रिका – २१ लाख ३५ हजार २४२ ६३ हजार ४९९
  • पेरु – २० लाख ७४ हजार १८६ एक लाख ९३ हजार ९०९
  • नेदरल्यान्ड – १७ लाख २९ हजार ७०६ १८ हजार ४६
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *