साउन ३ गते बेलुकासम्म संसद् अधिवेशन बाेलाउनू : सर्वोच्च
मकालु खबर
२०७८ असार २८ गते
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ । सर्वोच्चको सवैधानिक इजलासले संसद् पुनःस्थापना गरि संसद्को अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो ।
अदालतले भोलि बेलुका ५ बजेसम्ममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।
- यो पनिः
फेरि ब्युँतियो प्रतिनिधि सभा
देउवालाई मंगलबार बेलुका ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश
मकालु खबर
२०७८ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित