विकास, आकाश र सकसमा ‘म’
असारको २४ गते । सखारै निस्केको छु‚ प्रातकालीन हिँडाइका लागि । खुला आकाश देख्दा मन पुलकित छ । आहा ! आज त घाम लाग्ने भो । परतिर कालोपत्रे हुने भो, सडकको ड्रेनमा प्लास्टर पनि हुन्छ रे । अस्ति असारको १५, झमझम पानी परिरहेको थियो‚ राष्ट्रिय धान दिवस मनाउँदै खेतको डिलमा बसेर बाजा बजाउँदै गरेको स्मरण ताजै छ । तर मलाई भने हतारो छ‚ यही असारकै २५ गते साल तमाम गर्नैपर्ने तर हाम्रा जनप्रतिनिधिहरू तथा राष्ट्रनिर्माण र देशको विकासप्रति अगाध माया र प्रेम भएका उपभोक्ता समितिलाई न त असार १५ ले छोएको छ‚ न त निरन्तरको झरिले नै ।
निर्माण व्यवसायी तथा उपभोक्ता समितिका महामहिमज्यूहरूलाई हातमा जुत्ता बोकेर बिल भरपाइलाई पानीले भिज्न नदिई माइक्लियर ब्यागमा हालेर गाँउकै सिंहदरबारमा जान भ्याइनभ्याई छ । असोज महिनामै दिएको कार्यादेशले असार महिनामा मात्रै साइत पाउँछ । भदौ महिनामा नै सम्झौता गरेको कालोपत्रे गर्ने त असार नै उपयुक्त महिना हो ।
इन्जिनियर हुन नसकेर बल्ल बल्ल सामान्य ज्ञान घोकेर लोकसेवा आयोग पास भएको बबुरो मैले कति र केमात्र भूमिका निर्वाह गर्नुपर्ने हो ? इन्जिनियरको हाकिम, कृषि पशु प्राविधिक, क्रिकेटको ब्याट्सम्यानजस्तो चारैतिरबाट बलिङ हुन्छ । कहिले चौका हान्छु‚ कहिले छक्का हान्छु ।
असारे विकासलाई रोक्न पनि त भएन, गाँउको सिंहदरबारको इज्जत पनि जोगाइदिनु छ । सकेसम्म दौडन्छु तर रन आउट हुने खतरा सधैं रहिरहन्छ । महिनाले असार लाग्छ‚ ब्याक डेटमा सम्झौता गर्ने मेरा कलम अझै रोकिएका छैनन् ।
आखिर सबैको आशाको केन्द्र न हो । गाउँले दरबार, हिजो हामीले नै सोझा नागरिकलाई भनेका थियौँ- गाँउमा सिंहदरबार आएपछि के हुँदैन ! घर नहुनेलाई घर, जागिर नहुनेलाई जागिर, सबैतिर विकासका मूल के के हो‚ के के…
असारे विकासले द्रूत गति लिएको देख्दा खुसी हुँदै टेबलमा योजना तथा लेखा शाखाबाट राखेका बिलका चाङलाई छिचोल्दै गर्दा ममाथिको टिनको छानामा पानी परेको आवाज सुन्छु‚ झसङ्ग हुन्छु‚ चेकमा गर्दै गरेको दस्तखत मिल्न छाड्छ ।
ओभरसाइट गर्ने निकायहरुलाई सम्झन्छु अनि निर्माण व्यवसायीलाई फोन गर्छु । भन्छ- अलिअलि मात्र पानी हो सर अस्फाल्ड पिचलाई पानीले केहि गर्दैन, उच्चस्तरकै ग्राभेल हुँदैछ‚ रोलर चलाउदा पानी नै हाल्नुपर्दैन ।
त्यतिकैमा ल्यान्डलाइनमा फोन आउँछ । उताबाट आवाज आउँछ‚ सर हिजोमात्र ढलान गरेको पुलको छेउको ग्याबिन पानीले ढलायो, हिजै रातभरि लगाएर बनाएको पिच बाटोको मुनिबाटै पानी बग्न थाल्यो, गर्दा गर्दैको विद्यालयको प्लास्टर पनि बगायो । रोपाइँ गर्नेबेला मध्यवर्षामा पनि पानी पर्दा प्रकृतिसँग रिसाउँदै म अनुगमनमा निस्कन्छु । हेर्दा रिङ्गटा चल्छ‚ पसिना आउँछ । सबै जनाका प्रश्न मतिरै सोझिन्छन् । किन र सर ? असारभन्दा अरू समयमा काम गर्न सकिन्न ? म अवाक् हुन्छु।
बीबीएस पहिलो वर्षमा पढ्दाको रोबर्ट फ्रस्टको ‘स्टपिङ बाइ उड्स अन अ स्नोयी इभिनिङ’ कविता याद आउँछ । ‘माइल्स टू गो बिफोर आई स्लीप एन्ड माइल्स टू गो बिफोर आई स्लीप’ सम्झन्छु । ५ वर्षको कार्यकालमा त धेरै काम गर्नुछ । धेरै अगाडि जानु छ । घाम‚ पानीलाई छल्दै विकास अगाडि लानु छ । त्यसैले म वफादार सारथी बन्नैपर्छ ।
म के कम आँटिलो छु र ? इन्जिनियर हुन नसकेपनि इन्जिनियरकै हाकिम भएको मान्छे पो त । उनीहरुले पेश गरेका फाइल निर्धक्कसँग सदर गर्छु‚ विकासका लागि मरिमेट्छु । असार पनि भन्दिनँ‚ आकाश हेर्छु‚ जोखिम आफ्नै थाप्लामा राखेर काम गराउँछु जनताबाट असारे विकासका बारेमा गरेका विरोधको सामना गर्छु । सुनपानी छर्किदिन्छु र चोख्याइदिन्छु ।
(लेखक बराल बुढिगंगा गाउँपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत हुन्)
वास्तविक यथार्थ भोगाई लाई उजागर गरेर लेख्नु भएको छ । धन्यबाद । राजनितिकर्मि जनप्रतिनिधिले सहि समयको भुमिका निर्वाह गर्न नसक्दा कर्मचारीलाई अप्ठ्यारो परेको हो । बिस्तारै सुधार गर्नुपर्छ यो असारे बिकासलाइ ।
मन छोयो । राम्रो लेख छ सान्दर्भिक पनि
सारै मन छोयो…बिकाश का पुर्बाधार सम्पुर्ण यहि असार मा सक्नु पर्ने भयका बजेट बिकाशे अड्डाका साथै पालिका,न.पा. ,मा.न.पा. सबै तह मा असार मै सक्नु पर्ने सके सम्म उपभोक्ता समिति,निमार्ण ब्यबसाहि को बिल असार अगाबै पास हुनु पर्ने नियत ले नै काम को प्रगति भन्दा बढी दुरगति ले साथ दियको छ.. बुझनु पर्ने हो हामि जनता ले अनि जनप्रतिनिधि ले..समय साछेप उठान सर
Ramro xa uncle
धन्यवाद मनपराईदिनु भएकाेमा
सर
लोग इतने बिकास प्रेमी है
कहते है हम खेतमे हल छोडकर गाब के बिकाश मै जुटे तुमलोग कुर्सी मै बैठकर टाँग अढाते हो । शर्म नही
आती ।