कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघ्यो
२०७८ असार ३० गते
सिन्ह्वा । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ७७ लाख ९८ हजार ८५५ जना रहेका छन् । विश्वभर तीन अर्ब ४९ करोड ५२ लाख ४१ हजार ४८० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई १४ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
- संयुक्त राज्य अमेरिका – तीन करोड ३९ लाख १४ हजार ८८४ छ लाख ७ हजार ७७१
- भारत – तीन करोड ९ लाख ४६ हजार १४७ चार लाख ११ हजार ४०६
- ब्राजिल – एक करोड ९१ लाख ५१ हजार ९९३ पाँच लाख ३४ हजार ८३८
- फ्रान्स – ५८ लाख ८२ हजार ९४५ एक लाख ११ हजार ५९७
- रुस – ५७ लाख ६२ हजार २११ एक लाख ४२ हजार १०२
- टर्की – ५४ लाख ९३ हजार २४४ ५० हजार ३२४
- बेलायत – ५२ लाख १० हजार ६११ एक लाख २८ हजार ७४८
- अर्जेन्टिना – ४६ लाख ८२ हजार ९६० ९९ हजार ६४०
- कोलोम्बिया – ४५ लाख ३० हजार ६१० एक लाख १३ हजार ३३५
- इटाली – ४२ लाख ७३ हजार ६९३ एक लाख २७ हजार ८०८
- स्पेन – ४० लाख १५ हजार ८४ ८१ हजार ३३
- जर्मनी – ३७ लाख ४५ हजार ३१२ ९१ हजार २९५
- इरान – ३४ लाख १७ हजार २९ ८६ हजार २०७
- पोल्याण्ड – २८ लाख ८० हजार ९५९ ७५ हजार १७३
- इन्डोनेसिया – २६ लाख १५ हजार ५२९ ६८ हजार २१९
- मेक्सिको – २६ लाख ४ हजार ७११ दुई लाख ३५ हजार २७७
- युक्रेन – २३ लाख १३ हजार २०९ ५५ हजार ५५
- दक्षिण अफ्रिका – २२ लाख १९ हजार ३१६ ६५ हजार १४२
- पेरु – २० लाख ८३ हजार ५६७ एक लाख ९४ हजार ६०६
- नेदरल्यान्ड – १७ लाख ७२ हजार ६०९ १८ हजार ५४
२०७८ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित