महाकाली नदीमा डुबेर बालिकाको मृत्यु
मकालु खबर
२०७८ असार ३१ गते
काठमाडाैँ । कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिका-४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो ।
बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरतराज गिरीको कमाण्डमा रहेको पाँच जनाको टोली खोजतलासमा जुटेको थियो ।
नदीमा खोजतलास गर्दा दुई किलो मिटर टाढा नदीमा डुबिरहेको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधरा चाँदनीमा राखिएको छ ।
मकालु खबर
२०७८ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित