भीरबाट लडेर युवकको मृत्यु

पोखरा । पोखरामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । शुक्रबार राति पौने २ बजेतिर पोखरा- १८ मेथलाङमा रक्सी पिएर एक युवकको मृत्यु भएको हो ।

गोरखा घर भई पोखरा ७ बस्ने २७ वर्षका सन्जोग थापाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

उनी ५० मिटर तल खसेर घाइते भएका थिए । उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारकै क्रममा थापाको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । उनका साथीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *