बाल कविता
आऊ खेलौं साथी
मकालु खबर
२०७८ साउन २ गते
गृहकार्य सकेर आऊ साथी खेल्न आऊ
हामी सबै मिलेर माथितिर खेल्न जाउँ
टालाटुली बटुली, पुतलीलाई बनाउँला
ढुंगा टिपी बाटाको १, २, ३,४ गनौंला
मौरी जस्तै फुरुरु, उड्ने हो कि भुरुरु ?
कमिलाको ताँती झैं हिड्ने हो कि लुरुरु ?
जन्ती बनी खेल्ने कि ? जनावर पो बन्ने कि ?
खोला नाला बनाई , ईनार पो खन्ने कि ?
घर जाने बेला भो, देखिएछ जुनकिरी
साँझ परि सकेछ, कराएछ झ्याउँकिरी
आकाशमा तारा आए, अब घर जाने हो
हात धोई घरमा, मिठो खाना खाने हो ।।
मकालु खबर
२०७८ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित