संसद भवन प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यहरू (तस्बिरहरू)
२०७८ साउन ३ गते
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशनमा विभिन्न पार्टीका प्रतिनिधि सभा सदस्यहरू संसद भवनमा प्रवेश गर्ने क्रम जारी छ ।
प्रतिनिधि सभा दोस्रोपटक पुनःस्थापनापछिको यो पहिलो बैठक हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत नपाएको खण्डमा यो सरकार चुनावी सरकार हुने र ६ महिनाभित्र निर्वाचनको मिति तोकिसक्नुपर्ने प्रवधान रहेको छ ।
तस्बिरहरू:
२०७८ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित