ओलम्पिक अभ्यास खेलमा रंगभेद भएपछि जर्मनीले समय अगाडिनै खेल रद्द गर्यो
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![ओलम्पिक अभ्यास खेलमा रंगभेद भएपछि जर्मनीले समय अगाडिनै खेल रद्द गर्यो](https://www.makalukhabar.com/wp-content/uploads/2021/07/germany_mkk-2.jpg)
काठमाडौँ । आउँदा शुक्रबार (जुलाई २३)बाट जापानको राजधानी टोक्योमा ओलम्पिक प्रतियोगिता हुँदैछ । प्रतियोगिताको फुटबलतर्फको टोलीमा सहभागी टीममा जर्मनी पनि छ ।
शनिबार जर्मनीले ओलम्पिककै तयारीमा होन्डुरससँग मैत्रिपुर्ण खेल खेल्यो । तीस मिनेटका दरले तीन चरणको खेल भएको थियो । अन्तिम चरणको खेल सकिन पाँच मिनेट अगाडि जर्मनीका ‘सेन्टर ब्याक’ जोर्डन तोरुनारिघालाई रंगभेदी बचन आयो । उनले टोलीलाइ जानकारी गराए । अन्ततः जर्मनी टोली खेल नखेल्ने निर्णयमा पुग्यो ।
तोरुनारिघाले खेल्ने क्लब हेर्था बर्लिनले उक्त निर्णयलाई ‘एकमात्र सहि निर्णय’ भनेर स्वागत गरेको छ । आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट यस्तो स्वागत गरेको हो । जर्मन फुटबलको आधिकारिक ट्विटर अकाउन्टबाट खेल १-१ को बराबरीमा हुँदा पाँच मिनेट बाकि छँदा रंगभेदी टिप्पणी भएपछि खेलाडीले मैदान छाडेको उल्लेख गरिएको छ ।
जर्मनीको आधिकारिक सरकारी मिडिया डिडब्लुका अनुसार कप्तान माक्सिमिलान आर्नोल्डले मैदानबाट हिड्नु सहि निर्णय भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन, ‘हामीले सहि निर्णय गरेका छौ र त्यहि अनुसार कदम पनि चालेका छौ ।’
सन् २०१६ मा ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको ओलपिक्समा जर्मन टोली सिल्भर मेडल बिजेता अर्थात दोश्रो बिजेता भएको थियो । ब्राजिलले जर्मनीलाई ५–४ को पेनाल्टी सुटआउटबाट जित निकालेको थियो । ओलम्पिक फुटबलमा २३ वर्ष मुनिका खेलाडीहरु सहभागी हुने नियम भएकोले यसलाई युवा खेलाडीको प्रतियोगीता पनि भनिन्छ । जानकारहरुका अनुसार त्यसै नियमको कारणले अवपाद बाहेक ओलम्पिक फुटबलमा धेरै स्टार खेलाडीहरु देखिदैनन ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)