प्रधानमन्त्री देउवा र प्रचण्डबीच ओली सरकारले गरेका नियुक्तहरू खारेज गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरू खारेज गर्ने भएको छ ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटमा निवर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने सहमति भएको हो ।

गत जेठ ७ गते मध्यरातमा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई सर्वोच्च अदालतले उल्ट्याइदिँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *