विधानविपरीत बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध आमरण अनशनमा बसेका धनुषा‚ बारा र सर्लाहीका कांग्रेस नेता/कार्यकर्तालाई कांग्रेस नेता डा शेखर कोइरालाले भेटेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका उनीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै कांग्रेसका नेता डा कोइरालाले पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुनेसमेत बताए ।

यो पनि
कांग्रेस मुख्यालयमा किन चलिरहेको छ कार्यकर्ताको आमरण अनसन र धर्ना ?
No description available.

यसका साथै विधानविपरीत बाँडिएका सम्पूर्ण क्रियाशील सदस्यता खारेज हुनुपर्ने भन्दै क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धको लडाइँमा आफू सधैं धर्नारत कार्यकर्ताको पक्षमा रहेको र यसप्रकारको लडाइँमा अन्तिमसम्म साथ दिने डा कोइरालाले प्रतिबद्धता जनाए । कोइरालाले पार्टीको कुनैपनि तहमा बसेर काम गर्नेहरूमाथी हुने अन्याय सहेर नबस्ने बताए ।

No description available.

प्रतिक्रिया

2 thoughts on “विधानविपरीत बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ : शेखर कोइराला

  1. टिपेक्स लगायर नाम परिबर्तन गरेको छन किर्याशिल सदस्य मा सूनसरि बराहा न पा को वाडा नं वडा 11मा वडा ले सिफारिस गरेको क्षेत्र ले टिपेक्स लगाई नाम चेन्ज गरेको छ छानबिन मा ईमेल मा सबै पठाएको छ हेरि दिनू होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *