प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । अस्वस्थ रहेकी प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्ने क्रममा देउवा मंगलबार साँझ पाँच बजे खुमलटार पुगेका हुन् ।

त्यहि क्रममा मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनका विषयमा देउवा र प्रचण्डबीच छलफल जारी छ । यसअघि बिहानमात्रै पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *