नेपालले बोलाए आफू पक्षीय स्थायी कमिटी बैठक

काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका छन् । मंगलबार आफूपक्षीय सांसदसँग छलफल गरेका नेपालले आजका लागि स्थायी कमिटी सदस्यसँग छलफल गर्न लागेका हुन् ।

आइतबार नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । जसम्ध्ये ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका थिए । नेपाल निकट मानिएका १० सांसदले भने तटस्थ रहे । देउवालाई विश्वासको मत दिने सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, हालसम्म पनि पत्र भने पठाइएको छैन ।

पछिल्लो राजीनितक घटनाक्रम र पार्टीभित्रकै अन्तरसंघर्षका बिच नयाँ रणनीति बनाउन नेपालले स्थायी कमिटी बैठक बोलाएका हुन् । मंगलबारको भेलाले एकताका लागि पार्टी अध्यक्षबाट ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त अघि सारेको छ ।

उक्त छलफलमा ओलीले अध्यक्ष पद छाडेमात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने धारणा सांसदहरुले राखेका थिए । ‘तपाईंले पार्टी एकता गर्न चाहनुहुन्छ, अझै पनि लोकतन्त्रलाई बचाउन चाहनुहुन्छ भने मार्गप्रशस्त गर्न हाम्रो आग्रह छ,’ सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘त्यसका लागि केपी ओलीले पार्टी अध्यक्ष छोड्नुपर्छ । अनि नेकपा एमाले एकताबद्ध हुन्छ र, हामी नयाँ ढंगले अगाडि जान सक्छौं ।’ उनका अनुसार आजदेखि नेपाल समूहको आगामी कदमबारे निर्णायक छलफल हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *