वीपीले देखाएको बाटो आत्मसात् गर्न सक्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वीपीले देखाएको बाटो आत्मासाथ गर्नसक्नु अहिलेको कांग्रेसजनको आवश्यकता भएको बताएका छन् । ३९औँ वीपी स्मृति दिवसका अवसरमा उनले वीपीको राजनीतिक योगदानको स्मरण गरे ।

नेता सिंहले वीपीले देखाएको देश र जनतालाई सर्वोपरि ठान्ने, संविधानवाद् र प्रजातन्त्रको बाटोमा हिँड्ने तथा गलत कुरामा कसैसँग सम्झौता नगर्ने विषयलाई वर्तमान कांग्रेस नेतृत्वले आत्मासाथ गर्नुपर्ने बताए । नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि वीपीले गरेको योगदान स्मरणीय भएको भन्दै उनले आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातान्त्रकाप्रति वीपीको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुँने उल्लेख गरे ।

साथै नेता सिंहले मुस्लिम धर्मावलम्बीहरूको महान चाड इदका अवसरमा सबै मुस्लिम समुदाय तथा आम नेपाली समूदायमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *