माधव पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ । मंगलबार आफूपक्षीय सांसदसँग छलफल गरेका नेपालले आजका लागि स्थायी कमिटी सदस्यसँग छलफल गर्न लागेका हुन् ।

आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने/नहुने भन्नेबारे छलफल हुने एक नेताले बताए ।

आइतबार नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । जसमध्ये ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकटका थिए । नेपाल निकट मानिएका १० सांसदले भने तटस्थ रहे ।

देउवालाई विश्वासको मत दिने सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, हालसम्म पनि पत्र भने पठाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *