नेपाल समूहलाई स्पष्टीकरण : अपराधपूर्ण कार्य गर्नेलाई किन कारबाही नगर्ने ?

चित्तबुझ्दो जवाफ नभए कारबाहीको चेतावनी

काठमाडौं । एमालेको संस्थापन पक्षले माधवकुमार नेपाल समूहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । गत साउन ४ गते बसेको एमालेको दशौं केन्द्रीय कमिटी बैठकले निर्णय गरेबमोजिम एमालेले बुधबार (आज) स्पष्टीकरण सोधेको हो । ‘पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधिजस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारण गर्नुभएको हो ?,’ स्पष्टीकरण पत्रमा सोधिएको छ ।

पत्रमा चित्तबुझ्दो जवाफ नभएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, पार्टीको विधान, संसदीय दलको विधानलगायतका विरुद्ध नेपाल समूहले विपक्षी गठबन्धनलाई समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ ।

यसअघि गत साउन ३ गते प्रधानमन्त्री  शेरबहादुर देउवाले सदनबाट विश्वासको मत लिँदा नेता नेपालसँगै अन्य २२ जनाले मत दिएका थिए । यसपछि संस्थापन पक्षले नेपाल समूहलाई २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ दिन भनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *