स्पष्टीकरणले एकतालाई बिथोल्छ : नेपाल समूह

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाअनुसार अध्यक्ष केपी शर्मा ओलीले एकता विरोधी काम गरिरहेको आरोप लगाएको छ । सर्वोच्चको फैसलाअनुसार स्वविवेकीय अधिकार प्रयोग गर्दै अघि बढेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने कदम एकता विरोधी रहेको बैठकले निष्कर्ष निकालेको हो ।

बुधबार (आज) नयाँ बानेश्वरमा बुधबार बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई स्पष्टीकरण सोध्ने र नेता नेपालविरुद्ध नाराबाजी र पुतला दहनको काम एकता विरोधी भएको निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । भने— ‘नेता नेपालविरुद्धको नाराबाजी र पुतला दहन एकता विरोधी काम हो,’ नेता पन्तले भने— ‘सांसदहरूलाई आतंकित पार्ने गतिविधिले एकतालाई बिथोल्छ । यस्ता गतिविधि रोक्दै एकतामा जोड दिन अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराएको छ ।’

गत ४ गते बसेको दशौं केन्द्रीय कमिटीको बैठकले नेपाल समूहका २२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुरूप बुधबार (आज) नै २४ घन्टे स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण पत्रमा जवाफ चित्तबुझ्दो नआएमा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *