अपमान सहेर बसिँदैन : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीमा अपमान सहेर नबस्ने बताएका छन् । बिहीबार (आज) पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । कम्युनिष्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताउँदै नेपालले भने— ‘हेपाहा प्रवृत्ति लोकतान्त्रिक होइन, यो कम्युनिष्ट आन्दोलनमा सह्य पनि होइन । अपमान सहेर पार्टीमा रहिँदैन । त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’

आफूले बनाएको घरबाट यत्तिकै कोही बाहिर ननिस्किने नेपालले बताए । ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन,’ नेपालले भनेका छन् ।

गलत कुरालाई स्वीकार गरेर शिर निहु¥याएर बस्नु दास हुनु भएको नेपालले बताए । सबैको आ–आफ्नो मर्यादा भएको भन्दै नेपालले थपे— ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *