नेपाल पक्षका २२ सांसदले आजै स्पष्टीकरण बुझाउँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २२ सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत हालेका एमाले वरिष्ठ नेता नेपालपक्षीय २२ सांसदले स्पष्टीकरणको जवाफ बुझाउने भएका हुन् ।

अध्यक्ष ओलीले केन्द्रीय समिति बैठकबाट निर्णय गराएर नेपालसहित उनी पक्षधर २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *