नेपाललाई ओलीको आह्वान : कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुर्‍याउनुभयो, तै पनि आउनुस् मिलौँ

एमाले लौकाको चिचिलो होइन, कसैले औँलाले ताक्दैमा कुहिने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई एकताका लागि आह्वान गरेका छन् । ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने— ‘म महान् नेता कमरेड पुष्पलाललाई सम्झिँदै भन्छु, बाटो बिराउनुभएका साथीहरु आउनुस्, सँगै अघि बढौँ । तपाईंहरुको कारणले नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति ब्यहोर्नुपरेको छ, तैपनि आउनुस् । यो सँगै रहेर अगाढि बढ्नुपर्ने बेला हो ।’

यस्तै ओलीले एमाले देशकै प्रमुख पार्टी भएको भन्दै एमाले गुरु पार्टी भएको दाबी गरे । ‘प्रतिनिधि सभामा, राष्ट्रिय सभामा, प्रदेशमा र स्थानीय तहमै पनि आजको ठूलो पार्टी त एमाले हो नि त । एमाले भनेको नेपालको कम्युनिष्ट आन्दोलनको गुरु पार्टी हो । यसले कसरी विकास गर्ने, कसरी कम्युनिष्ट आन्दोलनलाई माथिसम्म पुर्याउनेलगायतका विषयहरु सिकाउँछ र सिकाउँदै आएको पनि हो । एमाले सधैं जनताको सेवा र देशको रक्षाका निम्ति रहँदै आएको पार्टी हो । यो अर्थमा एमाले गुरु पार्टी हो ।’

सर्वोच्चले जनजनमा विश्वास राख्न नसकेको भन्दै असन्तुष्टि पोखाएका ओलीले भनेका छन्— ‘म चाहन्थेँ, सम्मानित अदालतले जनजनमा गढ्ने काम गरोस् । तर, सर्वोच्च यो कुरामा चुक्यो, बढी नै प्रोएक्टिभ भयो । यसले लोकतान्त्रिक व्यवस्थालाई त्यति निको हुँदैन । हुँदाहुँदा के पनि भयो भने प्रधानमन्त्रीसमेत आफैंले बनाउन थाल्यो ।’ ५१ सालमा आफू गृहमन्त्री हुँदाको समयलाई स्मरण गर्दै ओलीले थपे— ‘त्योबेला त सर्वोच्चले भनेको थियो । राजनीतिक दलको मामिलामा निर्णय नहुने भनेर । अलिहे पार्टीगत कुरामै प्रवेश गर्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *