नेप्से ५४ अंकले बढ्यो, १४ अर्बमाथिको कारोबार
मकालु खबर
२०७८ साउन १० गते
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा भारी वृद्धि देखिएको छ ।
यस दिन ५४.३१ अंकले बढेर परिसूचक ३०५८.६३ विन्दुमा उक्लिएको छ । यस सेन्सेटिभ परिसूचक समेत ११.७४ अंकले बढेर ५७४.०२ अंकमा पुगेको छ ।
यस दिन २ सय २३ कम्पनीको ४ करोड ४१ लख १४ हजार ७ सय ६० कित्ता सेयर १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपैयाँमा खरिदबिक्री भयो ।
यस दिन होटेल तथा पर्यटन र म्युचुअल फण्डबाहेक सबै समूहगत परिसूचक हरिया भए ।
यस दिन हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड, सपोर्ट लघुवित्त, राधी, कालिका पावर कम्पनी लिमिटेड, पञ्चकन्या माइ हाइड्रो, युनिभर्सल पावर कम्पनीलगायत कम्पनीका सेयर १० प्रतिशतभन्दा बढीले बढेका छन् ।
मकालु खबर
२०७८ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित