सभामुख र अर्थमन्त्रीबीच छलफल

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच सोमबार (आज) छलफल भएको छ । सभामुख र अर्थमन्त्रीबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भएको हो ।

छलफल संघीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको थियो । भेटमा उनीहरुबीच विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएका थिए ।

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *