जसपा विवाद : रेशम चौधरी ‘तटस्थ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकतामा कार्यकारिणी सदस्य तथा प्रतिनिधि सभा सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । निर्वाचन आयोगले सनाखतबाट जसपा विवाद टुङ्ग्याउने निर्णय गरेपछि सोमबार (आज) आयोग पुगेका चौधरी कुनै समूहको पक्षपोषण नगरी तटस्थ बसेका हुन् ।

आयोग पुग्नासाथ नेताहरुसँग छलफल गरेपछि निर्णय लिने बताएका चौधरी तटस्थ बसेका हुन् । चौधरीले अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए । त्यसपछि आयोगबाट बाहिरिएका चौधरीले भने— ‘म पार्टीको बफादार सिपाही हुँ, म राजपाबाट निर्वाचित भएको हुँ । तटस्थ रहेँ ।’

चौधरी तटस्थ रहेसँगै अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ सांसदले हस्ताक्षर गरेका छन् भने ठाकुरको पक्षमा १६ सांसद रहेका छन् । आयोगले आजै आधिकारिकताको घोषणा गर्दैछ । आधिकारिक परिणाम भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *