गाईको महत्व बुझाउन लागि परेका मासु व्यापारी कोजो

कोजो मार्फो मासु काट्ने र बेच्ने काम छोडेर अहिले कलाकार बनेका छन् । उनी चित्रहरुको माध्यमबाट संसारभरीका मान्छेलाई गाईको महत्व बुझाउन लागि परेका छन् । कोजो भन्छन्, ‘गाईबाट एक सभ्यता नै बन्छ । घानामा हामी गाईवस्तुबाट खेतमा हल चलाउँछौ । यदी कसैको घरमा दुई तीनवटा गाईवस्तु छन् भने विवाह गर्न सुन्दर कन्या पनि पाउन सकिन्थ्यो । भारतको कतिपय क्षेत्रमा गाईलाई भगवानको रुपमा पुज्ने चलन छ ।’

घानाको एक ग्रामीण क्षेत्रमा जन्मिएका कोजो उनकी आमा र दिदीको हेरचाहमा हुर्किएका हुन् । पछि उनी कामको शिलशिलामा अमेरिकाको न्यूयोर्क पुगे र मासुको व्यापार सुरु गरे । ४१ वर्षीय कोजो भन्छन्, ‘म निराश थिएँ । मलाई मासुको बारेमा थोरै मात्र जानकारी थियो । मैले काम गर्ने ठाउँको ढोकामा मासु कसरी काट्ने ? भन्ने बारेमा लेखिएको एउटा चित्र थियो । त्यो हेर्दै काम गर्दा पनि कहिले काहीँ गल्ती भैजान्थ्यो । र मेरा हाकिमले गल्ती पहिल्याईहाल्थे ।’

कोजोले कुनै समय गाईको मासु बेचेको भएपनि गाईबाट प्राप्त प्रेरणाले अहिले उनी क्यानभासमा रमाउँछन् । उनको यो कामको सर्वत्र प्रशंसा हुने गरेको छ ।

गाईको महत्वबाहेक कोजोको मनभित्र अर्को एउटा महत्वपूर्ण बिषय पनि छ । त्यो हो महिलामा भएको हिम्मत । कुनै बच्चालाई हुर्काउन आवश्यक पर्ने आमाको भूमिकाबारे कोजो राम्रोसँग परिचित छन् । जुन कुरा उनका पेन्टिङमा पनि झल्किन्छ । कोजोको जन्म अफ्रिकी देश घानामा भएपनि उनको पेन्टिङमा सबै महाद्विपको झल्को पाईन्छ । दार्शनिक जस्तै गरि कोजो भन्छन्, ‘हामी बिभिन्न सँस्कृती र बिचारधारा मिश्रित समाजमा बस्छौ । जहाँ धेरै फाटो पनि छ । म त्यो फाटोलाई आपसमा जोड्न चाहन्छु । सबैको सँस्कृतीलाई प्रदर्शन गर्न चाहन्छु ।’

कोजोका सुरुवाती दिनहरु एक स्थानीय पुस्तकालयमा पाब्लो पिकासोले बनाएको चित्र हेरेर बित्थ्यो । उनी भन्छन्, ‘मलाई पहिले लाग्थ्यो म डाक्टर बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ, लेखापाल बन्नुपर्छ । तर म त्यसको साटो नदी किनारमा गएर त्यहाँको माटोबाट रंग बनाउन थाले ।’ कोजोको पेन्टिङ गर्ने तरिका अनुपम छ । उनी बताउँछन्, ‘म कागजमा भ्यासलिन लगाउँथे ताकी त्यो ट्रेसिङ् पेपर जस्तै बनोस् । म घानामा बस्दासम्म मेरो कामलाई कसैले गम्भिरतापूर्वक लिएनन् ।’

कोजोलाई लन्डनबाट न्यूयोर्क जाने मौका मिल्यो । उनले त्यहाँ आफ्नी आन्टीको ग्रोसरी पसलमा काम गरे । सन् २००० मा एकपटक कोजोको मन चित्रकलाबाट भड्केको थियो । तर केही समयपछि उनलाई फेरी चित्र बनाउने प्रेरणा प्राप्तभयो । उनी भन्छन्, ‘म सिङ्गल पेरेन्टको जीवनशैली कतिसम्म सकारात्मक हुनसक्छ भनेर बुझ्न चाहन्थें ।’

कोजो सम्झन्छन्, ‘पहाडका महिला ज्यादै मेहेनती हुन्छन् । मलाई त्यस्तै एक मेहनती महिलाले पालेकी हुन् । एक महिलावादीले मसँग भनेकी थिईन् जहाँ पुरुषले व्यवहार सम्हाल्छन् त्यहाँ महिला सधै पीडित हुनुपर्छ । तर म त्यस्तो ठाउँबाट आएको हुँ जहाँ घर व्यवहार सधै महिलाले नै सम्हाल्छन् ।’ –बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *