पोखरीमा पौडीको मज्जा (तस्बिरहरू)
२०७८ साउन १३ गते
काठमाडौं । कोभिड-१९ काे महामारीले विद्यालय बन्द छन् । जोखिमका कारण बालबालिका विद्यालय गएर पढ्न मात्र होइन‚ धक फुकाएर खेल्न घरबाहिर जान पनि पाएका छैनन् । बुधबार काठमाडौंको कमलपोखरीमा पुग्दा केही बालबालिका पौडीमा रमाइरहेका भेटिए ।
बर्खाको पानी जमेर गज्जबको बनेको कमलपोखरीमा उनीहरू उफ्रँदै पोखरीमा फाल हान्थे । केहीबेर पौडन्थे र फेरि उफ्रन अग्लो ठाउँमा पुग्थे । घाम चर्केर उखुम गर्मी भइरहेकाे बाहिरको माैसममा उनीहरुले पौडी खेलाइ लाेभलाग्दो थियो ।
घरैमा बस्दा अधिकांश समय मोबाइल‚ कम्प्युटरमा मात्र रमाउँदा बाल मस्तिष्कमा नकारात्मक असर पर्न सक्ने र आँखासम्बन्धी समस्या देखिन सक्ने भएकाले बालबालिकालाई स्वास्थ्य मापदण्ड पूरा गरेर बाह्य क्रियाकलापमा पनि सहभागी गराउन स्वास्थ्यकर्मीहरूले आग्रह गर्दै आएका छन् ।
तस्बिरहरू :
२०७८ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित