कांग्रेसको क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरूले पाँच दिनमा मिलाउने

काठमाडौँ । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरूले मिलाउने भएका छन् । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरूले पाँच दिनभित्र मिलााउने भएका हुन् ।

बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विवाद मिलाउन शीर्ष नेताहरूलाई पाँच दिनको समय दिएको समितिका संयोजक रमेश लेखकले जानकारी दिए । लेखक नेतृत्वको समितिले गत मंगलबार सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो ।

‘अरु पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्तालाई क्रियाशील दिने भनेर निर्णय गरिएको छ । त्यस्तै धनुषा-४ र सर्लाही-२ का बारेमा सहमति हुन सकेको छैन । बारा र सप्तरीमा नयाँतर्फको क्रियाशील के गर्ने भन्ने छ,’ उनले भने, ‘हामीले मिलाउन नसकेका यी विषय शीर्ष नेताले पाँच दिनमा मिलाउँछौँ भन्नुभएको छ ।’

उनले समितिले अधिकांश विषय मिलाइसकेकाले शीर्ष नेताले पाँच दिनमा निर्णय गरे महाधिवेशन समयमै हुने दाबी गरे । ‘महाधिवेशन भनेकै बेलामा गर्ने भनेर तयारी गरिरहेका छौँ । यी विवाद मिलेपछि निर्वाचन समितिले काम अघि बढाउनेछ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *