पूर्वमाओवादी नेताको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा

काठमाडौं । माओवादी केन्द्रको कारबाहीमा परेर सांसद पद गुमाएका पूर्वमाओवादी नेताहरुको मुद्दामा शुक्रबार (आज) पेसी तोकिएको छ । बिहीबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको मुद्दामा आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुँदैछ ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनःबहालीको माग गर्दै सर्वोच्चमा दायर गरेको मुद्दा बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो ।

०७७ फागुन २३ गतेको सर्वोच्चको फैसलापछि एमालेको कित्तामा उभिएका नेताहरुले यसअघि नै माओवादी केन्द्र अवैधानिक रहेको भनि खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका थिए । त्यसपछि निर्वाचन आयोगले माओवादी केन्द्र वैधानिक नै रहेको भनेपछि नेताहरु सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *