क्रियाशील विवाद मिलाउन देउवा, पौडेल र सिटौला छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील विवाद मिलाउन शीर्ष नेताबीच छलफल गर्ने भएका भएका छन् । रमेश लेखक नेतृत्वको क्रियाशील छानविन समितिले बुझाएको प्रतिवेदनमा सहमति जुट्न नसकेका विषयमा छलफल गर्न शीर्ष नेता छलफलमा जुटेका हुन् ।

शुक्रबार विहान ११ बजे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्नेछ। बैठकमा सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सहभागि हुनेछन् ।

छानविन समितिले गत मंगलबार सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो। विहिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले विवाद मिलाउने जिम्म शिर्ष नेतालाई दिएको थियो। शीर्ष नेताहरुले पाँच दिन भित्र विवाद मिलाउने प्रतिवद्धता जनाएका छन् ।

पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्तालाई दिइने क्रियाशील सदस्यता, धनुषा-४ र सर्लाही-२ सँगै बारा र सप्तरीमा नयाँ तर्फको क्रियाशील सदस्यतामा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *