एमसीसी संशोधन नगरी अनुमोदन नगरियोस् : रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना (एमसिसी) संशोधन नगरी अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् । शुक्रबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा भाग लिँदै नेता रावलले एमसीसीसँगै भएका अन्य सहायक सम्झौता पनि सार्वजनिक गर्न माग गरे । ‘एमसीसीसँगै भएका अन्य सम्झौता पनि सार्वजनिक होस्,’ रावलले भने— ‘त्यो जनताले थाहा पाउनुपर्छ । एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ । यसलाई संशोधन नगरीकन अनुमोदन नगरियोस् ।’

यस्तै नेता रावलले कुनै सामरिक कुरासँग जोडिएर एमसीसी आए स्वीकार गर्न नसकिने बताए । ‘यसमा रहेका प्रावधान हटाएर, संशोधन गरेर अनुमोदन गर्नुपर्छ,’ उनले भने, ‘त्यो कुनै सामरिक कुरासँग जोडिएर आउनु हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *