एकताका लागि धेरै पर्खिँदैनौं : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि पार्टीले धेरै समय नपर्खिने बताएका छन् । शुक्रबार (आज) पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । शनिबार (भोलि) एमाले स्थायी कमिटी बैठक बस्दैछ । भोलिको बैठकलाई पार्टी एकताको सवालमा निर्णायक बैठक भनिएको छ । उक्त बैठकपूर्व महासचिव पोखरेलले भने— ‘पार्टी एकताका लागि अब पार्टीले धेरै समय पर्खिन सक्दैन ।’

पार्टी एकता हुनैपर्ने लाइनमा रहेका सुवासचन्द्र नेम्वाङ्ग, विष्णु पौडेललगायतका नेताहरुले पार्टीमा लगातार सम्वाद गरिरहेका छन् । पार्टी एकता कायम राख्ने प्रयासस्वरुप नै पौडेलले शुक्रबार (आज) वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । यसअघि सुवासचन्द्र नेम्वाङ्गले पनि भेटेका थिए । भेटमा नेम्वाङ्गले ‘अध्यक्षलाई भेटेर वार्ता गर्नुस्’ भन्ने प्रस्तावमा नेता नेपालले ‘म पजेटिभ भएँ’ भनेर जवाफ दिएका थिए ।

यसअघि एमाले कार्यदलले बनाएको १० बुँदामा खासगरी नेता नेपालको चित्त बुझेको छैन । पार्टी एकताको सूत्राधार भन्दै सार्वजनिक गरिएको उक्त प्रस्तावमा पार्टी पूर्ण रुपले ०७५ जेठ २ कै अवस्थामा पुग्ने भनिएपनि ०७७ फागुन २८ को एमालेको निर्णयबारे नबोलिएको भन्दै नेता नेपालले सहमति हुन नसकेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *