साउन १५ : एमाले नेताले यसरी खाए खिर

काठमाडौं । आज साउन १५ अर्थात् खिर खाने दिन, यसलाई ‘खिरदिवस’ पनि भन्ने गरिन्छ । यही अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी मुख्यालय थापाथलीमा खिर खाएर खिरदिवस मनाएको छ ।

खिर खाने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन् । कार्यक्रममा सचिव प्रदीपकुमार ज्ञवाली, एमाले कार्यालय सचिव शेरबहादुर तामाङसँगै नेताहरु कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, भानुभक्त ढकाल, कर्णबहादुर थापा, सूर्य थापा, विष्णु रिजाललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *