जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

२०७८ साउन १६ गते

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलका नेतामा उपेन्द्र यादव चयन भएका छन् । शनिबार (आज) बसेको जसपा संसदीय दलको बैठकले दलको नेतामा यादवलाई सर्वसम्मतिले चयन गरेको नेतृ रेनुकुमारी यादवले जानकारी दिइन् । ‘आजकै बैठकले उहाँ (यादव)लाई दलको नेतामा चयन गरेको हो,’ नेतृ यादवले भनिन्— ‘सर्वसम्मतिले उहाँ बन्नुभएको हो ।’
बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवलाई दलका नेता प्रस्ताव गरेका थिए भने नेता महेन्द्रराय यादवले समर्थन गरेका थिए । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।

२०७८ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित