होन्डा सीबी ३५० आरएस नेपाली बजारमा
मकालु खबर
२०७८ साउन १७ गते
काठमाडौँ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा सीबी ३५० आरएस सार्वजनिक गरेको छ । यसमा ३५० सीसी इन्जिन छ ।
होन्डा सीबीमा एडभान्स डिजिटल एनालग मिटर, डुअल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टु एम्प्टी, एभरेज माइलेज, रियल टाइम माइलेजलगायत विशेषता छन् । यसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
मकालु खबर
२०७८ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित