एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित
मकालु खबर
२०७८ साउन १७ गते
काठमाडौं । नेपाल कम्युनिस्छ पार्टी (एमाले)को स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबार केहीबेर बसेको बैठक सोमबार दिउँसो ३ बजे फेरि बस्नेगरी स्थगित भएको एमालेले जनाएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासल ललितपुरमा बसेको बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरू भने सहभागी भएका थिएनन् ।
आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी थिए ।
शनिबारका लागि बोलाइएको बैठक पनि पार्टी एकताको पहल गर्न भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो ।
मकालु खबर
२०७८ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित