पानी भर्ने क्रममा चट्याङ लागेर बालकको मृत्यु
मकालु खबर
२०७८ साउन १९ गते
धनगढी । बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका-९ मङरुका ९ वर्षीय भरतराम कोलीको चट्याङ लागेर मृत्यु भएको हो ।
सोमबार साँझ करिब ७ बजेको समयमा घर नजिकै रहेको पधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
मकालु खबर
२०७८ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित