सरकार विस्तार गर्न हामीसँग कोचिङ पो लिने कि : एमाले सांसद तामाङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सांसद शेरबहादुर तामाङले प्रधानमन्त्री चयन भएको तीन हप्तासम्म सरकार विस्तार नभएकोमा व्यङ्ग्य गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद तामाङले १९ दिनभित्रमा एमालेले सरकार बनाएकाे मात्र नभई काम गरेर हटेको दृष्टान्त रहेको उल्लेख गर्दै अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार नै गर्न नसकेकोमा व्यङ्ग्य गरेका हुन् ।

‘हामीले त १९ दिनमा त सरकार बनाइवरि काम गरिवरि हटिसकेको इतिहास छ’, तामाङले भने‚ ‘पाँचपटक प्रधानमन्त्री बन्नुभएका अहिलेका प्रधानमन्त्रीले अझै सरकार विस्तार गर्न सक्नुभएन, हामीसँग कोचिङ् पो लिने हो कि !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *