उज्यालो युग अर्थात् कुलमानको पहिलाे कार्यकाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङकाे नियुक्तिकाे निर्णयले नयाँ तरंग ल्याएकाे छ । प्रतिपक्षी र आलोचकहरुको टिप्पणीलाई बेवास्ता गर्ने हो भने प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति हुने कुरालाई लिएर आम मानिसमा सरकारप्रति भसोरा बढेको देखिएको छ ।

स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठको नियुक्तीबाट चर्को आलोचना खेपेको देउवा सरकारले राष्ट्रिय योजना आयोगमा विश्वनाथ पौडेललाई नियुक्त गरेर केही आशा जगाएको थियो । उद्यपी, नवनियुक्त उपाध्यक्षले कस्तो नतिजा देलान् परीक्षण हुन बाँकी छ । किनभने उनी पहिलो पटक राज्य संयन्त्रको महत्वपूर्ण पदमा नियुक्त भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणमा कुलमानको नियुक्तिले साँचै सरकारप्रति आम मानिसको भरोसा बढेको सामाजिक सञ्जालहरुमा पनि देखिएकाे छ ।  किनपनि भने प्राधिकरणका लागि कुलमान नयाँ होइनन् । र, सफल रुपमा ४ वर्षसम्म प्राधिकरण मात्रै नभई देशको समग्र ऊर्जा क्षेत्रलाई नै नयाँ गन्तव्यमा पुर्याएर उनले आफ्नो कुल नेतृत्व क्षमताको परिचय नै दिइसकेका छन् । उज्यालोको पर्यायका रुपमा उनले आम नेपालीकाे मनमस्तिष्कमा आफ्नो अमिट छाप बनाइसकेका छन् ।

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट प्राधिकरणमा जागिर सुरु गरेका कुलमान घिसिङ २९ भदौ २०७३ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । त्यसअघि ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीका पालामा चिलिमे जलविद्युत् कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानेर प्राधिकरण सञ्चालक समितिले कुलमानलाई विम्मेवारी विहीन बनाइएको थियो । कार्यकारी निर्देशकको रुपमा यसअघि कुलमानको पहिलो कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो । ठ्याक्कै ११ महिनापछि त्यही ठाउँमा कुलमानकाे कमब्याक भएकाे छ ।

कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा १८ घण्टासम्म लोडसेडिङ थियो । आम नागरिकले मोबाइल चार्ज गर्न पनि लोडसेडिङ तालिका कण्ठ गरेर बस्नुपर्ने अवस्था थियो । फोटोकपी र स्टेशनरी पसलमा लोडसेडिङ्को तालिका बिक्थ्यो । प्राधिकरणको सञ्चित घाटा नै ३४ अर्ब रुपैयाँ पुगेको थियो । प्राधिकरणको विद्युत् चुहावट २७ प्रतिशत हाराहारी थियो । प्राधिकरणले अघि बढाएका चमेलिया, माथिल्लो त्रिशुली ३ ए, कुलेखानी तेस्रो जस्ता आयोजना रुग्ण आयोजनाको रुपमा परिणत थिए । प्राधिकरण आफैंमा रुग्ण र जति उपचार गरे पनि नतंग्रिएको सरकारी संस्थानको रुपमा परिणत भएको थियो ।

४ वर्षे कार्यकालमा के के गरे कुलमानले ?

कार्यकारी निर्देशक भएको २ महिनापछिदेखि नै अर्थात् २०७३ को लक्ष्मीपूजाकै दिनदेखि कुलमानले देशबाट लोडसेडिङ अन्त्यको सुरुवात गरे । काठमाडौं उपत्यकामा त्यसरात विद्युत् कटौती भएन । यसलाई संस्थागत गरेपछि विस्तारै पोखरा, विराटनगर, बुटवल, वीरगन्ज जस्ता मुख्य सहरहरुबाट लोडसेडिङ अन्त्य गरे । र, २०७५ को वैशाखबाट देशभरबाट सबै किसिमको लोडसेडिङ अन्त्य गरेर नेपालकै लागि एक ऐतिहासिक काम गरेका थिए ।

विद्युत्को उपलब्धता, माग र आपूर्ति बीचको कुशल व्यवस्थापनबाट नै लोडसेडिङ अन्त्य गर्न सकेको उनले बताएका थिए । त्यसपछि हरेक वर्ष सबै भन्दा बढी विद्युत् खपत हुने लक्ष्मीपूजाको रात कुलमानले काठमाडौंको स्युचाटारस्थित प्राधिकरणको भार प्रेषण केन्द्रमा बसेर लोड म्यानेज गरेका थिए ।

आम नेपाली नागरिकका लागि कल्पना नै नगरिएको र चमत्कारनै लाग्ने गरी लोडसेडिङ अन्त्य भएपछि एकाएक कुलमान उज्यालोका पर्यायका रुपमा उदाए ।

सबै सूचक सकारात्मक 

आर्थिक वर्ष २०६७/६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रुपैयाँ सरकारले व्यहोरेको थियो । आर्थिक वर्ष २०७२/७३ सम्म प्राधिकरणको सञ्चित घाटा फेरी ३४ अर्ब ६१ करोड रुपैयाँ पुगिसकेको थियो । प्राधिकरणमा कुलमान आउनुअघि आर्थिक वर्ष २०७२/७३ मा मात्र प्राधिकरणले ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।

कुलमान आएपछि वर्ष २०७३/७४ मा प्राधिकरणले एक अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमायो । आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८५ करोड, आर्थिक वर्ष २०७५/७६ मा करिब ९ अर्व ८१ करोड मुनाफा कमाएको प्राधिकरणले आर्थिक वर्ष २०७६र०७७ मा करिब ११ अर्ब रुपैयाँ खुद मुनाफा कमाउन सफल भयो । चार वर्षमा प्राधिकरणले ब्याजसहित ३५ अर्ब रुपैयाँ सञ्चित घाटा भुक्तान गर्यो । र, पाँच अर्ब सञ्चित नाफामा संकलन गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत चुहावट थियो । यसमा प्रशारण लस र चोरी दुबै सम्लित थियो । आर्थिक वर्ष २०७३र०७४ मा चुहावट २२।९ प्रातिशतमा झारियो । २०७४/७५ मा २०/४५ प्रतिशत, तेस्रो वर्ष २०७५/७६ मा १५.३२ प्रतिशत र चौथो वर्ष २०७६/७७ मा चुहावट १५.२७ प्रतिशतमा सीमित भयो । चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तीय रुपमा करिब ८ अर्ब रुपैयाँ नाफा भयो ।

आर्थिक वर्ष २०७२/७३ मा वार्षिक विद्युत खपत ३ अर्ब ७१ करोड ५८ लाख युनिट थियो । कुलमान आएपछि आर्थिक वर्ष २०७३/७४ को कूल विद्युत खपत ४ अर्ब ७७ करोड ३८ लाख युनिट पुग्यो । २०७४र७५ मा ५ अर्ब ५५ करोड ७३ लाख युनिट भयो । २०७५/७६ मा कूल खपत ६ अर्ब ३३ करोड ८१ लाख र २०७६/७७ को कूल खपत ६ अर्ब ५२ करोड ८७ लाख युनिट पुग्यो । उक्त ४ वर्षमा विद्युत उपयोग ८० प्रतिशतले बढेको छ ।

२०७२/७३ मा ग्राहक संख्या २९ लाख ६९ लाख ५७५ थियो । पछिल्लो चार वर्षमा यो संख्या करिब ४२ प्रतिशतल बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा कूल ग्राहक संख्या ४८ लाख पुग्यो । ग्रीडमार्फत विद्यत सेवा पाउने जनता ६३ प्रतिशतबाट बढेर ८६ प्रतिशत पुगे ।

आर्थिक वर्ष २०७२/७३ सम्ममा ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइन लम्वाइ २ हजार ९११ सर्किट किलोमिटर रहेको थियो । आर्थिक २०७६/७७ सम्ममा ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइन लम्वाइ करिव ४ हजार २७५ सर्किट किलोमिटर पुग्यो । अन्तरदेशीय प्रशारण लाइन निर्माण, ग्रिड क्षमता विस्तारजस्ता कार्य प्राधिकरणले महत्वपूर्ण सफलता हात पारेको छ ।

कुलमानको चार वर्षे कार्यकालमा नेपालमा कुल विद्युत् उत्पादन क्षमता ८०१.७ मेगावाटबाट बढेर २५८.७ मेगावाट पुग्यो ।

विद्युत् खपत कम गर्ने एलईडी बल्ब खरिदका लागि कुलमानले गरेको निर्णय विवादित बन्यो । उनले त्यसमा आफू दोषी नभएको र दोषी पुष्टि भए जस्तो सजायँ पनि भोग्न तयार रहेकाे बताए । डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् खपत गर्ने औद्योगिक ग्राहकले कुलमानलाई निशाना बनाए । तर, कुलमानले हार नमानी त्यसकाे खराे डिफेन्स गरेर सफल कार्यकारी निर्देशक बने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *