निधि र इयूका राजदूत डिप्रेबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि यूरोपियन यूनियनका राजदूत नोना डिप्रेबीच भेटवार्ता भएको छ ।

उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा भएको करिब एक घण्टा लामो भेटमा राजदूत डिप्रेले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूका तर्फबाट सहयोग गर्ने बताएकी छन् । भेटमा राजदूत डिप्रेले प्रदेश नम्बर २ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको विविध विकासमा आफूहरुले सहयोग गर्ने पनि बताएकी छन् ।

उनले वैकल्पिक ऊर्जा, जलवायु परिवर्तन, लैंगिक समानतालगायतका क्षेत्रमा इयूले गर्न चाहेको सहयोगबारे पनि उपसभापति निधिसँग कुरा गरेकी छन् । सो भेटमा उपसभापति निधिले नेपालको विकासमा इयूले सहयोगका लागि राखेको रुचीका लागि धन्यवाद व्यक्त गरेका थिए |

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *