खोप लगाएको प्रमाण जुटाउनै सास्ती (तस्बिरहरू)

काठमाडौँ । विदेश जानका लागि कोभिड-१९ को खोप लगाएको रिपोर्ट प्रमाणीकरण गर्नका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दिनहुँ ठूलो संख्यामा भीड लाग्ने गरेको छ ।

खोप लगाएको रिपोर्ट प्रमाणीकरण नगरी विदेश जान नपाइने हुँदा युवायुवतीहरू लामो समयसम्म कष्टसाथ लाइनमा बस्न बाध्य छन् ।

पालो मिलाउन लाइनमै बिहान ६ बजेदेखि टोकन बाँडिएपनि दिनमा करिब २५० वटा मात्र टोकन बाँडिने गरेको छ । टोकन बाँडिसकेपछि पनि लाइनमा करिब एक हजारभन्दा बढी सेवाग्राही टोकनको प्रतीक्षामा रहने गरेका छन् ।

प्रायः युवायुवती रातभर लाइनमा बसेर टोकन लिने गरेका छन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *