माधव नेपाल पक्षकोको केन्द्रीय कमिटी बैठक आज

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने गरी बाेलाइएकाे हाे ।

बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् ।

देउवालाई विश्वासको मत नदिएका नेपाल पक्षका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् । यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो ।

ओली पक्षले भन्यो- विधान विपरीत गतिविधिमा नलाग्नू
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज केन्द्रीय कमिटी बैठक नबोलाइएको बताएका छन् । नेता नेपालले आज केन्द्रीय कमिटीको बैठक बोलाएपछि एमालेले आज पार्टीको तर्फबाट बैठक नबोलाइएको स्पष्ट पारेको हो ।

तामाङले निकालेको वक्तव्यमा लेखिएको छ, ‘पटक-पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र यस गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधान विपरीत हुने भएकाले यस गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *