बैठकस्थलमा भीम आचार्य : भन्छन्- एकताको विकल्प छैन

सुरेन्द्र र योगेश अनुपस्थित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । यसअघि यो पक्षको स्थायी कमिटी बैठक बसेको थियो । वर्तमान राष्ट्रिय राजनीतिबारे छलफल र भावी रणनीति बनाउने भन्दै जुटेको नेपाल समूहले आज केही ‘बोल्ड डिसिजन’ गर्नसक्ने बताइन्छ । नेताहरुले भावी रणनीति बनाउने भन्दै आएका छन् ।

नेता भीम आचार्यले भने एमाले एकतालाई नै केन्द्रमा राखेर बैठक राखिएको बताउँछन् । ‘एमाले एकताको विकल्प छैन,’ नेता आचार्यले भने, ‘१० बुँदे सहमतिको प्रस्तावना बनिसकेको छ । त्यसलाई नै आधार मानेर एकता हुन्छ ।’ १० बुँदे सहमतिको प्रस्तावनामा नेपालको असन्तुष्टिबारे गरिएको प्रश्नमा नेता आचार्यले भनेका छन्, ‘आ–आफ्नै असन्तुष्टिहरु त भइहाल्छन् । यसलाई गम्भीर रुपमा लिनुहुन्न । अलि ढिलो होला तर, पार्टी एक हुन्छ ।’

बैठकमा ९० भन्दा बढीको संख्यामा केन्द्रीय सदस्यहरु उपस्थित भएको अर्का नेता मेटमणि चौधरी दाबी गर्छन् । बैठकमा सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टाई भने अनुपस्थित छन् । कन्ट्र्याक टे्रेसिङ्गमा परेर आफूहरु अनुपस्थित भएको जानकारी उनीहरुले पार्टीलाई गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *