राहदानी विभागमा सेवाग्राहीको भिड (तस्बिरहरु)
२०७८ साउन २२ गते
काठमाडौँ । बिदामा घर आएका र नयाँ भिसा पाएका वैदेशिक रोजगारमा जाने श्रमिकहरुको अहिले राहदानी विभाग र काउन्सुलर शाखामा भिड बढेको छ । कोरोनाको कहर केही कम भएसँगै रोजगारमा फर्किन सरकारी प्रक्रिया पूरा गर्न दिनहुँ विभागमा भिड बढ्ने गरेको हो ।
याे पनि : खोप लगाएको प्रमाण जुटाउनै सास्ती (तस्बिरहरू)
पासपोर्ट नवीकरण गर्न, नयाँ बनाउन, प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न तथा खोप प्रमाणीकरणको पत्र ‘भेरिफाई’ गराउन सेवाग्राहीहरु विभाग धाउने गर्दछन् । नेपालमा संक्रमितत संख्या दिनप्रतिदिन बढिरहेको भए पनि विभागमा न त सेवाग्राहीले स्वास्थ्य मापदण्ड पालन गरेको देखिन्छ न त कडाइका साथ पालन गर्न लगाइएको छ ।
अव्यवस्थित सरकारी काम गर्ने तरिकाले दिनहुँ सेवाग्राहीले सास्ती मात्र पाएका छैनन् संक्रमणको जोखिम पनि बढेको छ ।
२०७८ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित