नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो
मकालु खबर
२०७८ साउन २२ गते
काठमाडौं । नेपालमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । कोभिडको तथ्याङ्क अद्याविधक गरिरहेको वेबसाइट वर्ल्ड ओ मिटरकाअनुसार नेपालमा अहिलेसम्म कोभिडबाट १० हजार १९ जनाको ज्यान गएको पुष्टि भएको छ ।
नेपालमा अहिलेसम्म ३६ लाख ६५ हजार ८३५ जनाको परीक्षण गरिएकोमा ७ लाख १० हजार ५ सय ९ जनामा कोभिड देखिएकोमा ६ लाख ६५ हजार ५४८ जना निको भएका छन् ।
नेपालको परीक्षण दर प्रति १० लाखमा १ लाख २३ हजार ३९४ जना रहेको छ । कोभिड देखिएका विश्वका २ सय २२ देशमध्ये नेपाल ४० औं स्थानमा रहेको पनि वर्ल्ड ओ मिटरले जनाएको छ ।
अहिलेसम्म कोभिडबाट सबैभन्दा धेरै अमेरीकामा ६ लाख ३१ हजार ८७९ जनाको मृत्यु भएको छ भने दोश्रो बढी प्रभावित देश भारतमा ४ लाख २६ हजार ७८५ जनाको मृत्यु भएको छ । अमेरिकामा नयाँ संक्रमित देखिने क्रम बन्द भएको छ ।
मकालु खबर
२०७८ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित