यसरी मनाइयो ‘गथे मुँग’ (तस्बिरहरू)
२०७८ साउन २२ गते
काठमाडौं । नेवार समुदायले आज गथे मुँग पर्व मनाएका छन् । परापूर्वकालमा दुःख दिने घण्टाकर्ण नामक राक्षसलाई आज मारेको दिनको सम्झनामा यो पर्व मनाइन्छ । नेवार समुदाय बसोबास गर्ने शहरहरु काठमाडौं उपत्यका, दोलखा, बन्दीपुरलगायतका ठाउँहरुमा यो पर्व मनाइन्छ ।
आज बिहानैदेखि नर्कटमा पराल वा छ्वाली बेरेर घण्टाकर्णको प्रतिरुप बनाइ दोबाटोमा ठडाइन्छ । साँझ परेपछि सोही प्रतिरुपलाइ जलाएर यो पर्व सकिन्छ । घण्टाकर्ण राक्षस जलाएको धुवाँमाथि बालबालिकालाई नगाए वा उक्त धुवाँले सेकाए रोगव्याधी हट्छ भन्ने जनविश्वास रहँदै आएको छ ।
२०७८ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित