६० लाख खर्चेर बनाइयो सुंगुरको मूर्ति
मकालु खबर
२०७८ साउन २३ गते
काठमाडाैँ । उदयपुरको बेलका नगरपालिकाले ६० लाख रुपैयाँ खर्च गरेर सुंगुरको मूर्ति बनाएको छ । नगरपालिकाको वडा नम्बर ७ मैनामैनी मूलगाउँमा १२ फिट उचाइ र १६ फिट लम्बाई भएको सुंगुरको मूर्ति बनाइएको हो ।
‘यो मूर्ति नगरपालिका आफैंले बनाएको हो । दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर दुर्गाकुमार थापाले भने ‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं ।’
उनका अनुसार मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरिदिएको हो । कलाकार धनु याख्खाले यो मूर्ति बनाइराखेका छन । मूर्तिको दशैंसम्म उद्घाटन गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ ।
देश संघीयतामा गएर स्थानीय सरकार बनेपछि देशभरि ठाउँ-ठाउँमा सोही ठाउँमा विभिन्न कुराका मूर्ति बनाउने क्रम बढेको छ । पालिकाहरुमा लाखदेखि करोडसम्म खर्च गरेर यस्ता मूर्तिहरु बनाउने प्रतिस्पर्धा जस्तै चलेको छ ।
मकालु खबर
२०७८ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित