कार्यदलले भन्यो- स्थानीय तहलाई प्रदेशको मातहत ल्याउन सिफारिस गरिएको छैन

काठमाडौँ । सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदलले साझा न्युनतम कार्यक्रममा स्थानीय तहलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस नगरेको बताएको छ । कार्यदलका संयोजक नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

संविधान विपरीतको सिफारिस कार्यदलले कल्पनासमेत गर्न नसक्ने उनले स्पष्ट पारे । ‘वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा स्थानीय निकायलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनी निरन्तर प्रचारित झुटा खबरबाट सृजित अन्योललाई प्रष्ट पार्नु हाम्रो कर्तव्य ठानेका छौं,’ उनले भनेका छन्, ‘संविधान विपरीतको सिफारिस कार्यदलले कल्पना गर्न सक्तैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *