एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्‍यो

काठमाडाैँ । नेकपा एमालेले आज बोलाएको केन्द्रीय कमिटीको बैठक सारेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक विभिन्न कारण भोलिलाई सारिएको हाे ।

यसअघि नेकपा अध्यक्ष ओली समूहले आजका लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो । तर, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केही दिनअघि काठमाडौंमा गरेको केन्द्रीय कमिटी बैठकमा तत्कालका लागि पार्टीका गतिविधि रोक्न र आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक रोक्न ओली समूहलाई अनुरोध गरेको थियो ।

पार्टी एकताका पहलका लागि भन्दै एक दिन बैठक सारिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *